तीन वैज्ञानिकलाई भौतिकशास्त्रमा सन् २०२२ को नोबेल पुरस्कार

00-Nobel-Prize-for-three-scientist

स्टकहोम: सन् २०२२ को नोबेल पुरस्कारको घोषणा शुरु भएको छ। यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन्। यसमा ल्यान एस्पेक्ट, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गर पर्छन्। सन् २०२१ मा पनि भौतिकशास्त्रको क्षेत्रमा तीनजना वैज्ञानिकलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। नोबेल पुरस्कार दिने संस्थाले ट्विट गर्दै यस पटकको सम्मान घोषणा गरेको हो। आफ्नो ट्वीटमा, संगठनले लेख्यो, ‘रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले एलेन एस्पेक्ट, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई २०२२ को भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय गरेको छl’

क्वान्टम मेकानिक्सको क्षेत्रमा उत्कृष्ट प्रयोग र काम गरेबापत तीनै वैज्ञानिकलाई यो पुरस्कार प्रदान गरिएको हो। अलेन एस्पेक्ट फ्रान्सका, जोन एफ क्लाउजर अमेरिका र एन्टोन जेलिङ्गर अस्ट्रियाका हुन्। यसअघि सोमबार स्वीडेनका वैज्ञानिक स्वान्ते पाबोलाई चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। यो पुरस्कार डाइनामाइटका आविष्कारक र धनी स्विडेनी व्यापारी अल्फ्रेड नोबेलले स्थापना गरेका हुन्। उनले आफ्नो मृत्युको एक वर्ष अघि, १८९६ मा आफ्नो इच्छामा यसलाई व्यवस्थित गरे। त्यसपछि सन् १९०१ देखि हरेक वर्ष विज्ञान, साहित्य र शान्ति जस्ता क्षेत्रमा उपलब्धि हासिल गरेबापत यो पुरस्कार दिइँदै आएको छ। पछि अर्थशास्त्र पनि यसमा समावेश भयो।

About Author

Advertisement