नामीबियालाई १०२ रनले पराजित गरी पाकिस्तान सुपर ८-मा

IMG-20260219-WA0001

कोलम्बो: पाकिस्तानले अन्तमा गएर आईसीसी टी२० वर्ल्ड कपको सुपर ८ चरणमा स्थान बनायो। बुधवार खेलिएको ग्रुप ए-को म्याचमा पाकिस्तानले नामीबियालाई सजिलैसँग १०२ रनले पराजित गऱ्यो। यस जीतपछि पाकिस्तान ४ वटा म्याचमा ६ पोइण्ट्सको साथ ग्रुपमा भारतपछि दोस्रो स्थानमा रह्यो। यसरी नामीबिया सबै म्याच हारेर टुर्नामेण्टबाट बाहिर भयो। एसएससी ग्राउण्डमा आज टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो। त्यसपछि नामीबिया १७.३ ओभरमा केवल ९७ रन बनाएर अलआउट भयो। २०० रनको लक्ष्यलाई पीछा गर्दै नामीबियाई ब्याटरहरूले पाकिस्तानका स्पिन बलरहरू समक्ष कुनै चुनौती पेश गर्न सकेनन्। उस्मान तारिक र शादाब खानले मिलेर पाकिस्तानलाई एकतर्फी जीत दिलाए। उस्मानले सर्वाधिक ४ विकेट लिए। यसबाहेक शादाबले पनि ३ विकेट हासिल गरे। ओमानको निम्ति ओपनर लौरेन स्टीनकेम्पले सर्वाधिक २३ रन बनाए। उनले २२ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक एलेक्जाण्डर बुसिंग-वोल्शेंकले २० रनको योगदान दिए। अन्य सबै आउने र जाने मात्र भए। यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानको निम्ति ओपनर साहिबजादा फरहान (अविजित १००)-ले असाधारण ब्याटिंग गरे। उनले ५८ बल खेलेर ११ वटा चौका र ४ वटा छक्काको साथ अविजित १०० रन बनाए। ओपनर सईम अयूब आज केवल १४ रन बनाएर आउट भए। यसरी ४० रनमा पहिलो विकेटको पतनपछि साहिबजादाले कप्तान सलमान अली आगासँग मिलेर दोस्रो विकेटको निम्ति ६७ रनको पार्टनरशीप गरे। सलमान आगाले २३ बलमा ३८ रन बनाए, जसमा ३ वटा चौका र २ वटा छक्का सामेल छ। पाकिस्तानले सलमान आगा र ख्वाजा नाफे (५ रन) लाई लगातार अन्तरालमा गुमायो। यसरी ११८ रनमा तेस्रो विकेटको पतनपछि साहिबजादाले शादाब खानसँग मिलेर अन्तिम ओभरहरूमा आक्रामक शट्हरू खेल्दै टीमलाई असल स्थितिमा पुऱ्याए। यी दुईजनाले चौथो विकेटको निम्ति ८१ रनको अटूट पार्टनरशीप गरे। ओमानको निम्ति ज्याक ब्रासेलले सर्वाधिक २ विकेट लिए। साहिबजादाले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे।

About Author

Advertisement