जलपाईगढ़ी: शनिवार बिहानै एउटा जंगली हात्ती श्रमिक क्वार्टरमा पस्दा क्षेत्रमा अफरा-तफरी मचियो। उक्त घटना मेटली प्रखण्डको इण्डोङ चिया कमानको हो। स्थानीय मानिसहरू अनुसार, हात्तीले श्रमिक क्वार्टरको अम्बा चपाल लाइनमा स्थित आंगनबाड़ी केन्द्रमा तोड़फोड़ गर्ने प्रयास गऱ्यो। तर ग्रामीणहरू चिच्याउँदा हात्ती आगंनबाड़ी केन्द्रबाट निस्केर चिया कमानतिर गयो। जसपछि ग्रामीणहरूले राहतको सास लिए। वस्तुतः इण्डोङ चिया कमान छेउ एक चपरामारी अभयारण्य छ। यसैले समय-समयमा हात्ती, बाइसन र चितुआ जंगलबाट निस्केर चिया कमानमा आउनेगर्छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								



