पहिले र अहिलेको न्यूज़ लेखन प्रक्रियालाई नियालेर हेर्दा

00-Srcibes-1

पहिले आजभन्दा लगभग २५-३० वर्ष अघि अनि अहिलेको न्यूज़ (समाचार) लेखन प्रक्रियालाई नियालेर हेर्दा हामी धेरै अन्तर पाउँछौं। पहिले मोबाइल फोन अनि इन्टरनेटको अभावमा दिनभरी सभा अनि अन्य कार्यक्रमहरू भएको न्यूजहरूलाई संशोधन गर्दै सच्च्याएर पत्रकारहरूले आ-आफ्नो समाचार  पत्रको कार्यालयसम्म पठाउने गर्दथे। कहिले-काहिँ खरसाङदेखि बाहिर क्षेत्रमा विराट जनसभा अथवा अन्य कुनै कार्यक्रमहरू भएको अनि ती जनसभा अथवा कार्यक्रम अबेरसम्म चलेको खण्डमा त्यस्ताक दार्जीलिङ पहाड़ी क्षेत्रका सत्तारूढ़ पार्टी गोरामुमोका नेतृत्वले सभा अथवा कार्यक्रम स्थलबाटनै न्यूज़ कार्यालयसम्म पुर्याउन पत्रकारहरूको सुविधाको निम्ति सिलगड़ीसम्म वाहनको व्यवस्था समेत गरिदिन्थे। कारण अहिले जस्तो त्यस समय न्यूज पठाउने सुविधा थिएन्।

सिलगढी वाहन पुगेपछि वाहन चालकले प्रत्येक पत्रकारलाई उनीहरूको कार्यालयसम्म पुर्याएर एक जग्गा वाहन रोकेर राख्ने गर्दथे। पत्रकारहरू आ-आफ्नो कार्यालयमानै बसेर न्यूज लेख्ने कार्य गर्दथे। न्यूज लेखनको कार्य सकिएपछि सबै पत्रकारहरू पुन: वाहन राखिएको जग्गामा भेला भएपछि त्यहाँबाट खरसाङ अबेर राति आइपुगेपछि आ-आफ्नो गन्तव्यतिर जाने गर्दथे। तर,अहिले भने त्यस्तो स्थिति छैन्। मोबाइल फोन अनि इन्टरनेटको सुविधाले गर्दा अहिले कुनै पनि पत्रकारहरूले सभा अथवा कार्यक्रम स्थलबाटनै इन्टरनेटको सुविधा भएमा मोबाइल फोन द्वारानै न्यूज कम्पोज्ड् गरि सजिलैसित आ-आफ्नो समाचार पत्रको कार्यालयमा इमेल मार्फत पठाउन सक्छन्।

पहिले कागजमा समाचार लेखेर पठाउन पर्दथ्यो भने अहिले मोबाइल फोनको सुविधाले गर्दा फोन मार्फतनै न्यूज पठाउन सकिन्छ। आजकल कागजको आवश्यकता न्यूज लेखनको निम्ति पर्दैन। यहाँसम्म कि आजकल प्रायः सभा अथवा कार्यक्रमहरूको विवरण धेर जसो पत्रकारहरूले कागज अथवा नोटबूकमा नोट गर्नुको सट्टा सोझै मोबाइल फोनमा नोट गर्ने प्रचलन आरम्भ भइसकेकोछ। यसले गर्दा समयको धेरै बचत हुन थालेको हामी पाउँछौं।

(लेखक दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार हुन्)

                                  ***

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement