दशहरा कप फूटबल टुर्नामेण्टः बाँसबोटे च्याम्पियन

IMG-20221004-WA0101.jpg

४ अक्टोबरः रिम्बीक-बाँसबोटे युथ स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित प्रथम दशहरा कप फूटबल टुर्नामेण्टको पहिलो सीजनमा बाँसबोटे च्याम्पियन भयो।
रिम्बीक लोधोमा समष्टि अनि बाँसबोटेबीच भएको फाइनल खेल निक्कै रोमाञ्चक रह्यो। चरम रोमाञ्चक फाइनलमा बाँसबोटेले रिम्बीक लोधोमा समष्टिलाई टाईब्रेकरमा ४-३-ले पराजित गरी खिताब जित्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा पचास हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा तीस हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूमा बाँसबोटेका अर्जुन गुरूङले सर्वाधिक गोलदाता, शेखर राईले सबैभन्दा अनुशाति खेलाड़ी र रिम्बीक लोधोमा समष्टिका बुद्ध बीके-ले सर्वश्रेष्ठ गोलकीपरको पुरस्कार जिते। आयोजक समितिका किशोर काम्बाङले टुर्नामेण्टको सफल आयोजनमा सहयोगको हात बढ़ाउने सबै प्रति कृतज्ञता व्यक्त गर्दै आउँदो संस्करण अझ भव्य रूपमा आयोजन गर्ने वाचा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement