युथ फ्रण्ट सुपर लीगः एटीके मोहन बगान च्याम्पियन

IMG-20221004-WA0095.jpg

४ अक्टोबरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा एटीके मोहन बगान च्याम्पियन भयो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टमा सोमवार खेलिएको फाइनल म्याचमा एटीके मोहन बगानले मुम्बई सिटी एफसी-लाई टाई ब्रेकरमा ३-२-ले पराजित गऱ्यो । नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

टुर्नामेण्टमा च्याम्पियन र रनर-अप् टीमलाई आकर्षक ट्रफीको साथमा अन्य पारितोषिकहरू प्रदान गरियो। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः रोहन राई (एटीके मोहन बगान)
बेस्ट डिफेण्डरः फुर्बा थामी (मुम्बई सिटी एफसी)
हाईएस्ट स्कोररः अशोक मुण्डा (मुम्बई सिटी एफसी)
बेस्ट गोलकीपरः भुवन राई (एटीके मोहन बगान)
प्रमिशिंग प्लेयर अव् द टुर्नामेण्टः सिद्धार्थ थापा (एफसी गोवा)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement