माता चण्डेश्वरी मन्दिर गीतडाब्लिङमा भव्य दुर्गा पुजाको आज अन्तिम दिन

IMG-20221004-WA0070.jpg

गितडब्लिङ: यस बर्ष पनि गितडब्लिङ, टुगोङ स्थित माता चण्डेश्वरी मन्दिरमा दुर्गा पुजाको आयोजना गरिएको छ। दुर्गा पुजाको समापन आज अक्टोबर चार तारिख मंगलबार तदनुसार असोज अठार गते, आश्विन शुक्ल नवमीका दिनमा सम्पन्न हुन गइरहेछ। पण्डित श्री मोतिराम शर्माद्वारा नवदुर्गाका नौ स्वरूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको विधिवत रूपमा पूजा अर्चना भइरहेको छ।

नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गरिँदै आइएको हो।
पुजाको अवसरमा सम्पूर्ण धर्मानुरागी महानुभावहरुलाई माता चण्डेश्वरी मन्दिरमा आयोजित दुर्गापुजामा सपरिवार उपस्थित भई नवदुर्गा भवानीको आशिर्वाद तथा प्रसाद ग्रहण गर्नहुन मन्दिर समितिको तर्फबाट हार्दिक अनुरोध गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement