गान्ताेक: सिक्किमको पाँचौं स्थापना दिवसको अवसरमा पत्रकार पुरण तामाङ, डिल्लीराम दुलाल र एनबी घिमिरे लाई सम्मानित गरिएको छ। पश्चिम सिक्किमको गेजिङमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान दिइएको हो।
सिक्किमेली पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान र समर्पणको कदर गर्दै उनीहरूलाई सम्मानित गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा मुख्य अतिथि राज्य ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडा ले पत्रकारहरूलाई सम्मानित गरे।
पुरण तामाङ – दैनिक समाचार पत्र समिट टाइम्स का सम्पादक एवं प्रकाशक
डिल्लीराम दुलाल – वरिष्ठ पत्रकार एवं प्रेस क्लब अफ सिक्किमका महासचिव
एनबी घिमिरे – सिक्किम जन खबर का संस्थापक सम्पादक एवं जर्नलिस्ट युनियन अफ सिक्किमका महासचिव
उक्त कार्यक्रमले सिक्किममा पत्रकारिताको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको बताइएको छ।










