खरसाङको वार्ड नम्बर १३ मा सार्की समाजको समाज घर निर्माणको लागि शिलान्यास

IMG-20260216-WA0093

खरसाङ: खरसाङको वार्ड नम्बर १३ मा भारतीय नेपाली (गोर्खा)सार्की समाज खरसाङ महकुमा समितिको समाज घर निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको सभापति योगेन्द्र मंग्राती, उप सभापति अर्जुन सार्की, सह सचिव निरज मंग्राती,‌सल्लाहकार कुमार बसेल र कुबीर सार्की लगायत अन्य पदाधिकारीहरु साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ गिद्द पहाड समष्टिको सभापति प्रेमेन्द्र गुरूङ, नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सबिता कार्की साथै अन्यहरु उपस्थित रहेका थिए‌।‌ उक्त सार्की समाजको समाज घर निर्माणको लागि अर्जुन सार्कीको बाहुलीबाट भूमि पूजन गरेर शिलान्यास गरिएको छ। उक्त समाज घर निर्माणको लागि शिलान्यास कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै प्रेमेन्द्र गुरूङले जीटीए प्रमुख अनित थापाको सहयोगमा सार्की समाजको समाज घर निर्माणको लागि पूजा पूजा गरेर शिलान्यास गरिएको र यसको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले पहाड शान्ति रहेमा यस्तो धेरै विकास भएर जाने भन्दै सार्की समाजलाई बधाई दिएका छन्। त्यसरी नै सबिता कार्कीले जीटीए प्रमुख अनित थापाले वचन दिए अनुसार आज पूरा भएको छ भन्दै समाज घर निर्माणको लागि सार्की समाजको प्रयास आज आएर सफल भएको छ र यसरी सबैजना एकबध्द भएर काम गरे धेरै विकास भएर जाने बताइन्। उनले सार्की समाजलाई बधाई र जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। त्यसरी नै भारतीय नेपाली गोर्खा सार्की समाज खरसाङ महकुमा समितिको उप सभापति अर्जुन सार्की र सल्लाहकार कुबीर सार्कीले भवनको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। यो समाज घर निर्माणको लागि सार्की समाजले पहल गरिरहेको र जीटीए‌ प्रमुख अनित थापाले बनाई दिने वचन दिएको र आज आएर उक्त वचन पूरा गरिदिएकोमा उनलाई स्थानीयहरु र सार्की समाजको तर्फबाट धन्यवाद दिएका छन्।

About Author

Advertisement