पाकिस्तानविरुद्ध ६१ रनले जीतको साथ भारत सुपर ८ मा पुग्न सफल

IMG-20260215-WA0123

कोलम्बो: भारतले चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरी सुपर ८ चरणमा स्थान बनायो। भारत ग्रुप ए-मा ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्ष स्थानमा पुग्यो जबकि पाकिस्तान ४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। आर प्रेमादासा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेटमा १७५ रन बनायो। त्यसपछि पाकिस्तान १८ ओभरमा केवल ११४ रन बनाएर अलआउट भयो। टी२० वर्ल्ड कपमा पाकिस्तानविरुद्ध ९ वटा म्याचमा यो भारतको आठौं जीत हो। चुनौतीपूर्ण लक्ष्यलाई पीछा गर्दै पाकिस्तानले ३४ रनमै ४ विकेट गुमायो। त्यसपछि विकेटकीपर उस्मान खानले ४४ रन बनाएर प्रयास गरे पनि कुनै फाइदा भएन। उस्मानले ३४ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक शाहीन शाह अफरीदी २३ रनमा अविजित रहे। भारतीय बलरहरूमा हार्दिक पाण्ड्या, बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले २-२ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतलाई ओपनर ईशान किशनको अर्द्धशतकले ठूलो स्कोरसम्म पुऱ्यायो। ईशानले ४० बलमा ७७ रनको विध्वंशी ईनिंग्स खेले, जसमा १० वटा चौका र ३ वटा छक्का सामेल छ। भारतले आज फेरि एकपल्ट अभिषेक शर्मालाई शुरुमै गुमायो, जसले खाता पनि खोलेनन्। केवल एक रनमा पहिलो विकेट गुमाएपछि किशनले तिलक वर्मासँग मिलेर दोस्रो विकेटको निम्ति ८७ रनको पार्टनरशीप गरे। अर्द्धशतक पूरा गरेपछि किशन नवौं ओभरमा आउट भए। दोस्रो विकेटको पतनपछि कप्तान सूर्यकुमार यादवले तिलकसँग मिलेर स्कोर १२६ रनसम्म पुऱ्याए। भारतले त्यही स्कोरमा तिलक र हार्दिक पाण्ड्याको विकेट गुमायो। तिलकले २४ बलमा २५ रन बनाए भने हार्दिकले खाता खोलेनन्। यसरी सूर्यकुमारले ३ वटा चौकाको साथ २९ बलमा ३२ रन बनाए। त्यसपछि शिवम दुबे र रिकू सिंहले मिलेर अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउँदै भारतको स्कोर १७५ रनसम्म पुऱ्याए। दुबेले ३ वटा चौका र एउटा छक्काको साथ ७ बलमा २७ रन बनाए। रिंकू सिंह ११ रनमा अविजित रहे। पाकिस्तानका बलरहरूमा सईम अयूबले ३ विकेट हासिल गरे। इशान किशनले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

Advertisement