खरसाङ बजारमा गैर कानुनी रुपमा बिल्डिङ निर्माण भईरहेको आईजीजेएफको आरोप

IMG-20260215-WA0090

गैर कानुनी निर्माण र नगरपालिकाको सम्पत्तिहरु बिक्रीको आरोपमा आरके शर्माद्वारा नगरपालिकालाई कानुनी नोटिस

खरसाङ: खरसाङमा कानुन व्यवस्था छैन जस्तो लाग्छ किनभने दुई वर्ष अघि गैर कानुनी रुपमा निर्माणहरु भत्काइएको थियो तर अहिले पुन: अहिले गैर कानुनी रुपमा निर्माणहरु शुरु भएको आरोप ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले लगाएको छ। आज खरसाङमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं खरसाङको महकुमा सचिव आरके शर्मा, युवा शक्तिको सभापति एवं चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान र २८ नम्बर समष्टिको संयोजक रोशन थापाले पत्रकार सम्मेलनमार्फत् खरसाङमा २०२४ को अगस्टमा खरसाङ बजारमा गैर कानुनी रुपमा रहेको निर्माणहरु रोक्नुपर्छ भनेर भत्काइएको थियो अनि यसमा गरिखाने सबैको निर्माण भत्काइएको थियो।‌ तर खरसाङ बजारको पुरानो एफसीआई‌ गोदाममुनितिर रहेको एंव पंखाबारी रोडको शौचालय नजिक क्षेत्रमा बहुतल्ले भवन निर्माण भईरहेको बताएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं प्रवक्ता साथै खरसाङको सचिव आरके शर्माले खरसाङ बजारको पुरानो एफसीआई‌ गोदाममुनितिर रहेको एंव पंखाबारी रोडको शौचालय नजिक क्षेत्रमा बहुतल्ले भवन निर्माण कार्य चलिरहेको छ जसले नाली र हिँड्ने बाटो पनि ढाकेको आरोप लगाएका छन्। उनले नगरपालिकाले जनसाधारणको निर्माणलाई गैर कानुनी भनेर भत्कायो तर अहिले नगरपालिका क्षेत्रमा बनिरहेको बिल्डिङको लागि कसले अनुमति दियो भनी प्रश्न गरेका छन्। उनले उक्त गैर कानुनी रुपमा निर्माण भईरहेको बिल्डिङमाथि नगरपालिकाले कार्वाही नगरे आफुहरु कार्वाहीमा उत्रने चेतावनी दिएका छन्। आरके शर्माले यस विषयमा अधिवक्ता वीरेन्द्र रसाइलीमार्फत् नगरपालिकालाई दुईवटा कानुनी नोटिस पठाएको जानकारी गराएका छन्। उनले तेस्तै अर्को सुपर मार्केटमा रहेको खाली ठाउँमा पनि गैर कानुनी रुपमा दोकान बनाएर बेचेको ले यस विषयमा पनि विस्तृत जानकारी मागेर नोटिस पठाएको बताउँदै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सह अभियान्ता गोनिन छेत्री र डेपुटी मजिस्ट्रेट प्रशनजित चौधरीको नाममा कानुनी नोटिस पठाएको जानकारी दिएका छन्। यी दुईवटा नोटिस खरसाङ बजारमा गैर कानुनी रुपमा निर्माण भईरहेको बिल्डिङमाथि र नगरपालिकाको सम्पत्तिहरु भटाभट किन बिक्री हुँदैछ त्यसमाथि स्पष्टीकरण चाहियो भनी पठाएको बताएका छन्।


आरके शर्माले यस विषयमा भने, ‘यो कानुनी प्रक्रियाबिना नै काम भएको छ भने भोलिको दिनमा रध्द पनि हुनसक्छ कारण हामी उच्च अदालतमा जानेछौँ। किनभने हामी खरसाङ बजारमा सही तरिकाले काम होस् भन्ने चाहान्छौं। खरसाङ नगरपालिकामा विगत ९ वर्षदेखि कुनै चुनाव भएको छैन। २०२१ मा नै चुनाव हुनु पर्ने हो तर अहिलेसम्म भएको छैन।‌’ उनले अघि भने, सरकारको स्वीकृति नपाई काम गर्न अनुमति दिनु गैर कानुनी हो। तर अब खरसाङवासी जाग्नुपर्छ। अत्यचार गर्ने मात्र होइन तर अत्यचार सहनु पनि अपराध हो। खरसाङ बजारमा हुने लापरवाहीमाथि हामी ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट उँभिएको हुनेछौं। खरसाङ बजारलाई बचाउन अब राजनीतिक पार्टीहरु, मिडिया, नागरिक समाज सबै अघि आउनुपर्छ। खरसाङलाई राम्रो बनाउन सबै अघि आएर पहल गर्नुपर्छ। नागरिकहरु अब सचेत हुनु आवश्यक छ।’

About Author

Advertisement