नेपालीहरूद्वारा काेलकत्तामा पनि दुर्गा पूजा आयोजित

IMG_20221003_194227.jpg

काेलकत्ता: सन् १९७२ देखि काेलकत्तामा नेपालीहरूले लगातार रुपमा आयोजना गरिरहेको दुर्गा पूजा यस वर्ष पनि भव्यरुपमा पालन गरिएको छ। नेपालीहरूले पारम्परिक रूपमा पालन गर्दै आइरहेको यो पूजा, यस वर्ष स्वर्ण जयन्ती भएकोले, पूजा पण्डालको थिम पशुपतिनाथ मन्दिर बनाइएको छ। हिज महासप्तमीको दिन काेलकत्ता महानगरमा स्थित काेलकत्ता म्युनिसिपल कर्पोरेसन अफिस परिसरबाट फूलपाती शोभायात्राको शुभारम्भ गरि, एस एम ब्यानर्जी रोड, लेनिन सरणी, धरमतला ईलाका परिक्रमा गरी, पूजा मण्डपमा आई शोभायात्रा बिसर्जन गरियो। बेलुका नेपालबाट आएका प्रसिद्ध कलाकार आनन्द कार्की अनि उनको टोलीद्वारा साँगीतिक कार्यक्रम प्रस्तुत गरियो भनी काेलकत्ताबाट विकास कार्कीले जानकारी गराएका छन्।

About Author

Advertisement