दार्जिलिङ: दार्जिलिङको भाजपा विधायक निरज जिम्बाले आफ्नो समाजिक सेवा अभियानलाई जारी राख्दै बन्द चियाबारीका श्रमिकहरुलाई उपहार स्वरुप लत्ताकपडा वितरण कार्यलाई जारी राखेका छन्। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, एचपीडब्ल्युयु केन्द्रीय समिति सचिव धिरज राई, समष्टि अध्यक्ष जेके राई लगायत समष्टिका प्रतिनिधि टोलीले चुङथुङ चियाबारी छ्यासीमा तीन सयभन्दा अधिक चिया श्रमिकहरुलाई दशैंको उपहारस्वरुप लत्ताकपडा वितरण गरेका छन्।

समष्टि भ्रमणको क्रममा विधायक निरज जिम्बाले वृद्ध अवस्थामा रहेकाहरुलाई आर्थिक सहयोग पनि प्रदान गरेको जानकारी प्राप्त भएको छ। पहाडको चियाबारीहरुमा श्रमिक लगायत वृद्ध, बाल-बालिकाहरू , युवा-युवतीहरुलाई दशैंको उपहारस्वरुप लत्ताकपडा वितरण गरिरहेका छन् र दशैंपछि पनि विधायक निरज जिम्बाको यस समाजिक कार्यलाई जारी राख्ने राख्ने भएको छ।










