चिकित्साशास्त्रमा स्वीडेनका वैज्ञानिक स्वान्ते पाबोलाई नोबेल पुरस्कार

00-Svante-Paabo

स्टकहोम: स्वीडेनका स्वान्ते पाबोलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ। ‘मानवको विकास’सम्बन्धी उनको खोजका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो। नोबेल समितिका सचिव थोमस पर्लम्यानले सोमबार स्विडेनको स्टकहोमस्थित कारोलिन्स्का इन्स्टिच्युटमा विजेता घोषणा गरेका हुन्। चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारसँगै नोबेल पुरस्कारको घोषणा पनि शुरु भएको छ। अब मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फ यी पुरस्कार घोषणा गरिने भएको छ। यस वर्षको नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रको क्षेत्रमा पुरस्कारको घोषणा १० अक्टोबरमा हुने भएको छ।

गत वर्षको पुरस्कार विजेताहरूमा डेभिड जुलियस र अर्डेम पटपुटियन समावेश थिए, जसको अनुसन्धान मानव शरीरको तापक्रम र स्पर्श कसरी थाहा हुन्छ भन्नेमा आधारित थियो। पुरस्कारमा एक करोड स्वीडिश क्रोनर (लगभग ७.३१ करोड रुपियाँ) नगद हुनेछ जुन १० दिसम्बरमा विजेताहरूलाई दिइनेछ। यो रकम पुरस्कारको स्थापना गर्ने स्विडेनी आविष्कारक अल्फ्रेड नोबलले छोडेको इच्छापत्रबाट दिइएको हो। अल्फ्रेड नोबल १८९५ मा मृत्यु भयो।

https://twitter.com/NobelPrize/status/1576867617536503808

About Author

Advertisement