खरसाङको भिमेश्वर मन्दिरको तर्फबाट नेवारी परम्परा अनुसार तीन दिने पूजापाठ आरम्भ

IMG-20260212-WA0108

खरसाङ: अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिर पक्षबाट नेवारी परम्परा अनुसार तीन दिने पूजापाठ आरम्भ गरिएको छ। नेवार पुरोहित गुबाजु अलङ्कार नेवार र उनको सहयोगीद्धारा गरियो। पहाडमा शान्ति, एकता र भाइचारा कायम रहुन एवं नेवार परिवारजनमा विभिन्न विध्नबाधा घर-परिवारमा दशा ग्रह साथै नेवार परिवारजनका इष्ट मित्रहरूको भलो हुन सकुन भनी उक्त पूजा पाठ गर्नुको उद्देश्य रहेको बताइएको छ।

आगामी १४ फरवरी शनिबारको दिन पूजापाठको अन्तिम दिन हवनको कार्यक्रम गरिने भएको छ। उक्त अवसरमा नेवार परिवारजनसँगै हाम्रा इष्टमित्रहरू सबैलाई उपस्थित भईदिने अनुरोध गरिएको छ। यसको साथै उक्त दिन अभानेस केन्द्र समिति सदस्यवर्ग/राज्य समितिका सदस्यवर्गहरूको पनि उपस्थिति रहने भएको छ।

नेवार जातिको धरोहर श्री भिमेश्वर मन्दिर प्रागणमा नेवार संस्कार संस्कृति रीतिरिवाज परम्परालाई कायम गर्दै यसरी विभिन्न नेवारी कार्यक्रम गरिरहेका छन् भनी संगठनका सहसचिव गणेश प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement