सिविटार चियाबारीमा भईरहेको फुटबल खेलमा दोस्रो दिन बाघमारा बस्ती र नसीप स्पोर्टिङ क्लब बिजय

IMG_20221003_185121.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ। गत १ अक्टोबरदेखि शुरु भएको फुटबल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेल सिविटार जुनियर बनाम बाघमारा बस्तीमाझ सम्पन्न भएको थियो। उक्त खेलमा पहिलो हाफमा नै बाघमारा बस्तीले ३ गोल गरेर बढत बनाएको थियो। सिविटार चियाबारीको तितिरी खेल मैदान पाखा गाउँका साना साना खेलाड़ीहरूलाई राम्रो खेल प्रदर्शन गरेका थिए। यस खेलको दोस्रो हाफको अन्तिम समयमा सिविटार जुनियरले पाएको पेनल्टीलाई सदुपयोग गर्दै गोलमा परिणत गर्न सक्षम भएको थियो। उक्त गोलको दममा सिविटार जुनियरले एक गोल गरेर दर्शकहरूको मन जित्न सफल भएको थियो भने बाघमारा बस्ती ३-१ को अन्तरले बिजय बनेर दोस्रो चरणमा प्रवेस गरेको छ। त्यसरी दोस्रो खेलमा नसीप स्पोर्टिङ क्लब सिविटार बनाम सकातार एफसी घुम्ती चियाबारीको भीड्न्त भएको थियो। यस खेलमा नसीप स्पोर्टिङ क्लब सिविटार ३-० को अन्तरले बिजय बनेर दोस्रो चरणमा प्रवेस गरेको छ। तेस्रो खेलमा भने सिलिमहिलले ५ नम्बर सिविटारलाई वक ओभर दिएका थिए। आज सम्पन्न पहिलो खेलमा निर्णायकको रुपमा मिलन राई थिए भने सह निर्णायकमा बिर्जु तामाङ र आशिष प्रधान थिए भने दोस्रो खेलमा निर्णायकको रुपमा आशिष प्रधान अनि सह निर्णायकमा मिलन राई र बिर्जु तामाङ थिए।

About Author

Advertisement