घटनालाई लिएर सरकारले गर्ने काम गरिरहेको छ। दोषीले सजाय पाएको हुनुपर्छ: अनित थापा

IMG-20260212-WA0092

दार्जिलिङ: सिलगुढी पारा मेडिकल फर्जी काण्डमाथि जीटीए मुख्य कार्यपाल अनित थापाले टिप्पणी गर्दै भने, पुलिसले अभियुक्तलाई पक्राउ गरिसकेको छ। तसर्थ यो मुद्दा सप जुडिसियल मुद्दा बनेको छ। अब कोर्टले यसमाथि निर्णय गर्नेछन्।’ उनले अघि भने, रकम फर्काउने मांग चलिरहेको छ। विद्यार्थीहरू मर्कामा अवश्य परेका छन्। वन्दना राईहरुले यसलाई कानुनी तरिकाले सम्बोधन गर्नु भएको छ। मैले यस विषयमा मुख्य सचिवलाई जनाई सकेको छु। आज नै राजेस चौहान अनि टीमले सम्बन्धित जिल्ला शासकलाई भेटेर हाम्रो मांग पनि राख्नु हुनेछ। सरकारले गर्ने काम गरिरहेको छ। दोषीले सजाय पाएको हुनुपर्छ।’
थापाले अझ भने, ‘विद्यार्थीहरूलाई भेट्नुभन्दा पनि महत्त्वपूर्ण कुरा उनीहरूको मुद्दालाई प्रक्रियामा हाल्नु। भेटेर सबै कुरा समाधान हुँदैन।’

About Author

Advertisement