विकसित भारत शिक्षा अधिष्ठान विधेयक-२०२५ को संयुक्त समितिमा डा. इन्द्रहाङ सुब्बा मनोनीत

Screenshot_20260211_232145_Instagram

नयाँ दिल्ली: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बालाई लोकसभाका अध्यक्ष ओम बिरलाद्वारा गठित ‘विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५’ सम्बन्धी संयुक्त समितिको सदस्यका रूपमा मनोनयन गरिएको छ। उक्त समितिको अध्यक्षमा लोकसभा सांसद डा. डी. पुरन्देश्वरी नियुक्त भएकी छन्।
सांसद डा. सुब्बाले बुधबार जारी प्रेस विज्ञप्तिमार्फत आफूलाई उक्त जिम्मेवारी प्रदान गरिएकोमा लोकसभाका अध्यक्ष ओम बिरलाप्रति आभार व्यक्त गरेका छन्। साथै, संसदीय प्रक्रियामा मार्गदर्शन र सहयोगका लागि संसदीय मामिला मन्त्री किरेन रिजिजुप्रति पनि धन्यवाद ज्ञापन गरेका छन्।
उनले संयुक्त समितिको छलफलमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै उक्त विधेयकले ‘विकसित भारत’ को परिकल्पनाअनुरूप समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको लक्ष्य प्रतिबिम्बित गर्ने सुनिश्चित गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्।
यसका साथै, समितिको विचार–विमर्शमा सिक्किमसहित हिमाली तथा सीमावर्ती क्षेत्रहरूको दृष्टिकोण समेट्ने र विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थाहरूको हित संरक्षणमा जोड दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

About Author

Advertisement