गान्तोक: राज्यपाल ओमप्रकाश माथुर आज दार्जिलिङ पुगेका छन्। आफ्नो तीन दिवसीय प्रवासको क्रममा राज्यपालले दार्जिलिङका प्रतिष्ठित पर्यटकीय र सांस्कृतिक गन्तव्यहरूको भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ।
लोकभवनले जनाएको अनुसार, राज्यपालको आगमनको अवसरमा दार्जिलिङ जिल्ला पुलिसले उनलाई गार्ड अफ अनर प्रदान गरेको थियो। त्यसपछि दार्जिलिङ जिल्ला प्रशासनका अधिकारीहरूले स्वागत गर्दै राज्यपाललाई अभिनन्दन गरेका थिए।
राज्यपाल आफ्नो भ्रमणको क्रममा दार्जिलिङस्थित हिमालयन माउन्टेनियरिङ इन्स्टीट्यूट (एचएमआई) र यूनेस्को विश्व धरोहर स्थल दार्जिलिङ हिमालयन रेलको अवलोकन गर्नेछन्। यस भ्रमणले सिक्किम–दार्जिलिङ सम्बन्धलाई अझ मजबुत बनाउने र क्षेत्रीय पर्यटनको प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।










