खरसाङ किक बक्सिङ् एशोसिएसनका नानीहरूद्वारा दिल्लीमा उत्कृष्ट प्रदर्शन

IMG-20260211-WA0101

खरसाङ: खरसाङ किक बक्सिङ् एशोसिएसनका नानीहरूले दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आयोजित पाँचौं भारतीय अन्तराष्ट्रिय किक् बक्सिङमा कप २०२६ मा आफ्नो राम्राे प्रदर्शन गरी खरसाङलाई गौरान्वित बनाएका छन्। खरसाङ किक बक्सिङ एशोसिएसनका कोच विजय राउतको पहलमा चारजना नानीहरूले सहभागिता लिएका थिए भने चारैजना नानीहरूले पदक हाँसिल गर्न सफल भएका छन्। अन्तर्राष्ट्रिय स्तरमा खेल्न साथै सहभागी हुनकोे निम्ति आर्थिक सहयोगकोे आवश्यकता पर्न जान्छ भन्दै एशोसिएसनका कोच विजय राउतले खरसाङका समाजसेवी टीटी लामा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा समिति युवा शक्तिका अध्यक्ष पेमेन्द्र गुरुङकाे विषयमा बोल्दै उनीहरूले सधैं नै सहयोग गरी हौसला बढ़ाई राखेका हुन्छ र उनले विशेष रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापालाई धन्यवाद दिँदै उनकोे सहयोगबिना नानीहरुलाई आयोजनमा सहभागिता दिलाउन सम्भव हुने थिएन भनी बताएका छन्। उनले नकारात्मक वातावरणदेखि बाहिर निस्केर खेलकूदप्रति प्रोत्साहित गर्न हेतु भेदभावबिना नानीहरुलाई दिल्ली लैजानकोे निम्ति जुन प्रकारले सहयोग गरे त्यसकाे निम्ति धन्यवाद ज्ञापन गरेका छन्। उनले किक बक्सिङमा प्रशिक्षण गराउनुमा इक्विपमेन्टकाे कमी पूरा भए आउँदो २०२८ कोे ओलम्पिकमा हाम्रो पहाड़कोे नानीहरूले पनि सहभागिता लिन सक्ने आशा राख्दै प्रशिक्षणको आवश्यक सर सामान व्यवस्था गरिदिने निवेदन गरेका छन्। खरसाङ किक बक्सिङ एशोसिएसनका नानीहरुलाई बधाई दिन खरसाङ रेलवे स्टेशनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ शहर समितिका मूल सचिव बीरबल पाख्रिन लगायत खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्री अनि अन्य सदस्यहरु आएका थिए।

About Author

Advertisement