३ अक्टोबरः गितडाब्लिंगमा क्लब वी-द्वारा आयोजित गान्धी जयन्ती ओपन फूटबल टुर्नामेण्टमा लोवर कफेर च्याम्पियन भयो। गितडाब्लिंग खेल मैदानमा सम्पन्न यस सेभेन ए साइड टुर्नामेण्टको फाइनलमा लोवर कफेरले गुम्बा एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल लेण्डुप लेप्चाले गरे। गत १० सेप्टेम्बरदेखि आयोजित यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः लेण्डुप लेप्चा (लोवर कफेर)
प्लेयर अव् द टुर्नामेण्टः बेलारमिन लेप्चा (गुम्बा एफसी)
हाईएस्ट स्कोररः अमन तामाङ (पाकांग युनाइटेड)
बेस्ट गोलकीपरः सफल तामाङ (गुम्बा एफसी)










