कालिम्पोङ गोरुबथानस्थित गुप्तेश्वर धाममा भव्य पुराण आयोजन

IMG-20260211-WA0062

कालिम्पोङ: कालिम्पोङ जिल्लाको गोरुबथान स्थित श्री श्री गुप्तेश्वर धाममा विगत ८ फरवरीदेखि भव्यरुपमा पुराण सम्पन्न भइरहेको छ। आगामी १३ फरवरीको दिन यस पुराणमा नेपालकै प्रसिद्ध शताक्षी संगिनी समूहद्वारा ऐतिहासिक संगिनी नृत्य प्रस्तुत गरिने भएको छ।
यसबारेमा सामाजिक संजाल मार्फत गुप्तेश्वर धाम सेवा समितिको पक्षबाट जानकारी प्राप्त भए अनुसार सम्भवत शताक्षी संगिनीको प्रस्तुती यस भेकमा प्रथम पटक हो।
तसर्थ समितिको पक्षबाट सबै सबैलाई गुप्तेश्वर धाम सेवा समितिको पक्षबाट पुराणमा सपरिवार उपस्थित भइदिन तथा शताक्षी संगिनी समूहको प्रस्तुतिको साक्षी भइदिन हार्दिक निमन्त्रणा गरिएको छ।

About Author

Advertisement