‘सुरक्षित इन्टरनेट दिवस २०२६’: डिजिटल सुरक्षा र जिम्मेवार एआई प्रयोगमा जोड

n7004094121770746180189c29cbc78c8b35935ea16140b5ceac09053cd1bd1564affa3bc9d7bfb5c810652

गान्तोक: राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी), सिक्किम राज्य एकाईले आज ‘स्मार्ट टेक, सेफ चोइसेस–एक्सप्लोरिङ दी सेफ एण्ड रेस्पन्सिबल युज अफ एआई’ विषयमा ‘सुरक्षित इन्टरनेट दिवस २०२६’ सफलतापूर्वक आयोजना गरेको छ।
इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्रालयको निर्देशनमा आयोजित यस कार्यक्रमले डिजिटल सुरक्षा र इन्टरनेटको जिम्मेवार उपयोगबारे नागरिकमा जागरूकता फैलाउने उद्देश्य राखेको थियो। कार्यक्रममा स्वागत सम्बोधनपछि राज्यका मुख्य सचिव र आईटी विभागका सचिवको सन्देश प्रदर्शन गरिएको थियो।
एनआईसी सिक्किम र साइबर अपराध प्रकोष्ठ, सीबी–सीआईडी, पुलिस विभागका अधिकारीहरूले सुरक्षित इन्टरनेटको चलन, एआईसँग सम्बन्धित साइबर खतरा तथा राष्ट्रिय हेल्पलाइन १९३० मार्फत् साइबर अपराधबारे सूचनात्मक प्रस्तुति दिएका थिए।
कार्यक्रममा विभिन्न सरकारी विभागका अधिकारी, शिक्षक, संस्थान र कलेजका विद्यार्थीहरूले प्रत्यक्ष तथा सिक्किम सरकारको आधिकारिक फेसबुक पृष्ठमार्फत् परोक्ष रूपमा भाग लिए। एनआईसीले ११५ भन्दा बढी स्थानलाई भारतभीसी प्लेटफर्ममार्फत जोड्दा १३०० भन्दा बढी व्यक्तिको सक्रिय सहभागिता सुनिश्चित भएको थियो।
सत्रमा संवादात्मक परिचर्चा पनि समावेश गरिएको थियो जसले कार्यक्रमलाई सूचनामूलक र आकर्षक बनाएको बताइएको छ। कार्यक्रममा तृणमूल स्तरमा डिजिटल सुरक्षा र इन्टरनेटको जिम्मेवार प्रयोगमाथि विशेष जोड दिइएको थियो।

About Author

Advertisement