सिलगढी: गत राति बाइपास इलाकाबाट धेरै मात्रामा ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। एसओजी र मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर तिनीहरूलाई पक्राउ गरेका हुन्। आज ४ जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्राउ परेकाहरू मतिगढाको विश्वास कोलनी निवासी रुकसाना बेगम र कल्पना खातुन नाम गरेको २ जना महिला अनि सोला खान र एमडी इद्रिश अली नाम गरेको २ जना व्यक्ति सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत राति पक्राउ परेका चारजना आरोपी एउटा वाहनमा सवार भएर इस्लामपुरबाट ब्राउन सुगर लिएर सिलगढी आइरहेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र मतिगढा थाना पुलिसले मतिगढा बाइपास नजिक संयुक्त अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा ४९० ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य ९० लाख रुपियाँ रहेको छ।










