१६औं पल्ट शून्य रनमा आउट भएर शनाकाले बनाए रेकर्ड

IMG-20260210-WA0001

नयाँ दिल्ली: टी२० वर्ल्ड कपको छैटौं म्याचमा श्रीलंकाका कप्तान दासुन शनाका ब्याटको साथ फेरि व्यर्थ रहे। आयरल्याण्डविरुद्ध खेलि6एको म्याचमा उनी खाता पनि नखोली आउट भए। टीमको स्कोर १५३ हुँदा पाँचौं विकेटको पतन भएपछि शनाका ब्याटिंग गर्न आए अनि पहिलो बलमै आउट भए। यसको साथै शनाका टी२० इण्टरनेशनल क्रिकेटमा सर्वाधिकपल्ट शून्य रनमा आउट हुने ब्याटर बने। शनाका यस प्रारूपमा रेकर्ड १६ पल्ट शून्य रनमा आउट भइसकेका छन्। यस मामिलामा उनले रवाण्डाका ब्याटर जेप्पी बिमेनिमानाको रेकर्ड तोड़े, जो आफ्नो करियरमा १५ पल्ट शून्य रनमा आउट भएका थिए। यस सूचीमा आयरल्याण्डका पल स्टर्लिंग (१४ पल्ट) तेस्रो स्थानमा रहेका छन्। यसरी बंग्लादेशका सौम्य सरकारसहित चारजना खेलाड़ी १३–१३ पल्ट शून्य रनमा आउट भइसकेका छन्। शनाकाले २०१५-मा पाकिस्तानविरुद्ध म्याचको साथ टी२० इण्टरनेशनलमा पदार्पण गरेका थिए। उनले अहिलेसम्म १२५ वटा म्याचको ११३ वटा ईनिंग्समा १७४७ रन बनाएका छन्। यसमा ६ वटा अर्द्धशतक रहेको छ। यसबाहेक उनले ४३ विकेट पनि हासिल गरेका छन्।

About Author

Advertisement