काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह देश चलाउन योग्य नभएको टिप्पणी गरेका छन्।
सोमबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले ओली र साहलाई लक्षित गर्दै भने, “धेरै बोल्ने वा बोल्दै नबोल्ने नेताबाट देश चल्न सक्दैन। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने हो।”
उनले कांग्रेस सभापति गगनकुमार थापालाई ‘तौल गरेर बोल्ने’ नेता भनेर प्रस्तुत गर्दै वर्तमान बहस वॉर्ड अध्यक्षको नभई प्रधानमन्त्रीको विषय भएको उल्लेख गरे। उनले झोक चल्यो भने घर जलाइदिन्छु भन्ने अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नभएको पनि बताए।
उपसभापति शर्माले आगामी निर्वाचनमा जनतासँग प्रत्यक्ष संवाद, स्पष्ट कार्यक्रम र पार्टी एकतामा जोड दिने संकेत गरेका छन्।









