ईंग्लिश प्रीमियर लीगः लिभरपूलविरुद्ध म्यानचेष्टर सिटीको यादगार जीत

IMG-20260209-WA0064

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर सिटीले रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति लीगको दुई हाई प्रोफाइल टीमबीच खेलिएको म्याचमा म्यानचेष्टर सिटीले लिभरपूललाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा हासिल भएको यस हारले लिभरपूलको आत्मविश्वासलाई अवश्यै आघात पुऱ्याउनेछ। म्याच चरम रोमाञ्चक रह्यो अनि पहिलो हाफको खेलमा दुवै टीमले गोल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ लिभरपूलले गोल हासिल गऱ्यो। डोमिनिक श्बोजलाइले ७४औं मिनटमा फ्रीकिकबाट दर्शनीय गोल गरी होम टीमलाई बढ़त दिलाए। त्यसपछि एर्लिंग हालाण्डको असाधारण एसिस्टमा बर्नार्डो सिल्वाले ८४औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। अन्तमा हालाण्डले इञ्ज्युरी टाइमको तेस्रो मिनटमा पेनल्टीबाट गोल गरी म्यानचेष्टर सिटीलाई जीत दिलाए। म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको १३औं मिनट)-मा नचाहिँदो फाउलको निम्ति डोमिनिक श्बोजलाइलाई रेड कार्ड देखाइयो। यस रोमाञ्चक जीतपछि म्यानचेष्टर सिटी २५ वटा म्याचमा ५० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी गत सीजनको च्याम्पियन लिभरपूल ३९ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ। लीगको अन्य एउटा म्याचमा क्रिस्टल प्यालेसले ब्राइटनलाई १-०-ले पराजित गऱ्यो।

About Author

Advertisement