कालचिनी। कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टका पुलिसबलले आज निमती दोमोहनी क्षेत्रबाट दुईवटा पिकअप भ्यानबाट जम्मा १६ वटा गाई गोरु सहित ६ जनालाई नियन्त्रणमा लिएको पुलिस सुत्रले जनाएका छन।
उक्त गाई गोरुको वैद्य कागजपत्र देखाउन नसकेकोले दुईवटा वाहन सहित गाई गोरु एवम् ६ जना संलिप्तहरुलाई नियन्त्रणमा लिएर कालचिनी थाना ल्याईएको पुलिस सुत्रले जनाएका छन।
उक्त गाई गोरुहरुलाई कुनै गौशालामा जमा गरिएको पुलिसले बताएको छ भने पक्रा पर्नेहरु क्रमैले मजिदुल हक (२२) समुकतला काल्सागुड़ी, अजिबुल हक २५ कारीपाड़ा, सोफिया हुसैन (२६), मनिरुल हक (१९), सञ्जय राहा (२१) र अनिउल हक (३६) लाई कालचिनी थानाको लकअपमा राखिएको र मामिलाको जाँच चलिरहेको थाना प्रभारी टीएन लामाले जनाएका छन।









