युकेएफसी खरसाङको नयाँ कमिटी गठन

IMG-20260208-WA0098

खरसाङ: युनाईटेड खरसाङ फुटबल क्लबको वार्षिक साधारण सभा खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। यसै सभामा नै लगभग एक दशकपछि युनाईटेड खरसाङ फुटबल क्लबको नयाँ कमिटी गठन गरिएको छ। यस नयाँ कमिटीमा मुख्य संरक्षकको रूपमा अनित थापा, संरक्षक चेतन तिवारी र अरुण गुरुङ, सल्लहाकार नवराज छेत्री, सुरज प्रधान, कल्याण थिङ, सन्तोष लामा, क्रिस्पिन छेत्री, शेषमणि रुम्बा र गोपाल छेत्री, सभापति छिरिङ खाईबा, उप सभापति सुरेन्द्र सुब्बा, महासचिव महेन्द्र प्रधान, सह सचिव विशाल शर्मा, कोषाध्यक्ष उज्ज्वल मोक्तान, सह कोषाध्यक्ष अरबिन्द छेत्री र प्रतिक्षा प्रधान, टिम म्यानेजमेन्ट राजा राई र कुमार मंग्राती, मुख्य प्रशिक्षक युर्गेन लामा, टिम म्यानेजर मेघराज थापा, प्रचार प्रसार सचिव चिराग तिवारी र किरण छेत्री आदि चयन भएका छन्।

About Author

Advertisement