खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउनकोे सहयोगमा सिलगढीको एक निजी नर्सिङ हो, अनि सिलगढी लायन्स नेत्रालयकाे संयोजनमा खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर ३ अनि ४ मा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा शिशु विशेषज्ञ तथा शैल्य चिकित्सक डा. अनिर्वन दे, डा. मोहम्मद अहेशान रेजा तथा लायन्स नेत्रालयका अप्टो मेट्रिश अनि उनको सहायकहरुलाई वार्ड नम्बर ३ अनि ४ का सदस्यहरूले खदा लगाएर स्वागत गरेका थिए। यस अवसरमा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले डाक्टरहरूसँग औपचारिक परिचय गराए भने खरसाङ महकुमा नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले स्वागतसंगै शिविर आरम्भ भएको घोषणा गरिन्। शिविरमा वार्ड नम्बर ३ अनि ४ वरिपरिका सदस्यहरुले आफ्नो स्वास्थ्य जाँच गराए। शिविरमा स्वास्थ्य जाँच गराउन हुने वार्डवासीहरुले पनि यसरी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाद्वारा शिविर लगाएकोमा धन्यबाद दिँदै आउँदो दिनहरुमा पनि सहयोग गरिदिने आग्रह गरे। यस स्वास्थ्य जाँच शिविरमा सभासद श्याम शेर्पा पनि उपस्थित भएका थिए। वार्ड कमिटीका सदस्यगण लगायत टाउन कमिटीकोे तर्फबाट सम्पूर्ण डाक्टर अनि टिमलाई खदा लगाएर धन्यवाद दिएका थिए। यस अवसरमा खरसाङ महकुमा नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले सबैलाई धन्यवाद दिएका छन्।

यस शिविरमा टाउन कमिटीका उपाध्यक्ष सञ्जय मुखिया, सह सचिवद्वय रमोद गुरुङ र विकास तामाङ, सांगठनिक सचिव मैत्र सेन शर्मा, कोषाध्यक्ष राजेन प्रधान लगायत कार्यकारिणी सदस्य रामु राउत, पासाङ योल्मो उपस्थित थिए।









