दिवंगत अभिनेता सुनील थापाप्रति मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा श्रद्धाञ्जली व्यक्त

FB_IMG_1770473053572

गान्ताेक: वरिष्ठ अभिनेता सुनील थापाको निधनप्रति सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले गहिरो दुःख व्यक्त गरे। सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले ‘राते काइँला’ लगायतका उनका सशक्त अभिनयले नेपाली चलचित्र जगतमा अमिट छाप छोडेका छन् भने।
मुख्यमन्त्रीले स्व.थापाको प्रतिभा र योगदानले कलाकारका पुस्ता–पुस्तालाई सदैव प्रेरणा दिइरहने व्यक्त गरे।
अन्तमा शोकसन्तप्त परिवार, आफन्त, मित्र तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् भनि प्रार्थना गरे।

About Author

Advertisement