कालचिनी। अलिपुरद्वार जिल्लाको फालाकाटा पुलिसले आज एउटा गोप्य सूचनाको आधारमा फालाकाटा नाका जाँच चलाउँदा एकजना मदारीहाट क्षेत्र निवासी राजेश हुसैन ४२ लाई ६७२९ पीस अवैद्य नशालु एसपी क्यापसुल र ४०० बोतल कफ सीरप सहित पक्राउ गर्न सफल भएको अलिपुरद्वार जिल्ला पुलिस सुत्रले जनाएका छन।
पक्रा परेका आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामला दर्ता गरिएको जनाएका छन।










