बहुउद्देश्यीय सभागार निर्माणको लागि राज्यपालद्वारा राशी प्रदान

photocollage_20228723517446.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग राजभवन परिसरमा दोछुम निम्न माध्यमिक विद्यालय एवं कल्याण आश्रम,मार्चक रानीपुलका प्रतिनिधिहरुले शिष्टाचार भेट गरे। यस भेट कार्यक्रममा राज्यपालले दोछुम निम्न माध्यमिक विद्यालयको बहुउद्देश्य सभागार निर्माणका लागि २ लाख सहयोग राशि पनि प्रदान गरे।
ज्ञात रहोस, २४ मई, २०२२ मा राज्यपाल स्वच्छता अभियान कार्यक्रममा सहभागी बनेका थिए। कार्यक्रममा सहभागी बनेका राज्यपालले पाठशालामा बहुउद्देश्यीय हलको आवश्यकता महसुस गर्दै यसको निर्माणका लागि ५ लाख रूपियॉं सहयोग प्रदान गरेका थिए। यसपछि, बहुउद्देश्यीय हलको उद्घाटन गरेका थिए। राज्यपालले हलका लागि अझ धनको कमीलाई ध्यानमा राख्दै आज २ लाख रूपियॉंको चेक प्रदान गरेका हुन्।यसैगरी राज्यपालले आज कल्याण आश्रमलाई पनि सहयोग राशिको रूपमा ४ लाख ३४ हजार रूपियॉंको चेक प्रदान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *