कालचिनी। अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा सम्पन्न भईरहेको डुवर्स कप सम्पन्न भईरहेको क्रममा आज कालचिनी खण्डको राजाभात चियाबारीको खेल मैदानमा सेमिफाइनल म्याच अलिपुरद्वार जिल्ला पुलिसको अधीक्षक वाई रघुवंशीको प्रमुख उपस्थितिमा सम्पन्न भएको पुलिस सुत्रले जनाएका छन।

आज सम्पन्न सेमिफाइनल म्याचमा अन्डर १५ क्याटगरीमा राजाभातखावा ग्राम पञ्चायतले खोवाडाङ्गालाई ३-० को अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेका छन भने यसरी सिनियर क्याटगरीमा लोथाबारी ग्राम पञ्चायतको टीमले दलगाउँलाई १-० को अन्तरले पराजित गरेको पुलिस सुत्रले जनाएका छन। आगामी २ जुनको दिन कालचिनीमा फाइनल म्याच सम्पन्न हुने जानकारी पनि पुलिस सुत्रले जनाएका छन।









