पाकिम: घर उन्नयनका लागि आज रिनाक निर्वाचन क्षेत्रका ३१४ जना लाभार्थीहरुलाई २० हजार रूपियॉंको नगद राशी प्रदान गरियो। यो प्रोत्साहन राशि क्षेत्र विधायक बीपी खतिवडाको बाहुलीद्वारा प्रदान गरियो।विधायक खतिवडाले सबै लाभार्थीहरूलाई बधाई दिॅंदै प्राप्त राशिको सदुपयोग गर्न सुझाउ दिए। घर मरम्मति गरेर आफ्नो सामाजिक स्थितिमा सुधार ल्याउन यो एउटा ठूलो अवसर रहेको उनले बताए।