राज्यपालद्वारा गान्धी जयन्ती शुभकामना

photocollage_20228723517446.jpg

गान्तोक: गान्धी जयन्तीको अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, संसारलाई अहिंसाको बाटो देखाउने ‘बापू’ को जीवन दर्शन हामी सबैका लागि प्रेरणाको स्रोत हो। असाधारण व्यक्तिका धनी, शान्ति र सद्भावका प्रतीक बापूलाई नमन। भारतलाई एक विकसित एवं समृद्ध राष्ट्र बनाउन उनको योगदान अतुलनीय छ।
राज्यपालले सबैलाई महात्मा गान्धीको शिक्षा, सिद्धान्त र आदर्शको अनुसरण गर्दै राज्यमा उनका शान्ति सन्देश प्रसार गरौं भनी आह्वान गरेका छन्। उनले एक सशक्त राष्ट्र निर्माणका लागि प्रतिबद्ध बन्न पनि आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement