लोमस ढुङ्गेल सारथी फेलोशीप पुरस्कारले सम्मानित

IMG-20221001-WA0176.jpg

गान्तोक: देशको राजधानी नयाँ दिल्लीको आईआईटीमा दुई दिवसीय स्वच्छ सारथी समारोह सम्पन्न भयो। यसअघि २०२१ मा पीएसएरो कार्यालयले आफ्नो “वेल्थ टु वेस्ट” मिशन अन्तर्गत फोहोर व्यवस्थापनमा काम गर्ने विद्यार्थी र व्यक्तिहरूलाई मान्यता दिन स्वच्छता सारथी फेलोशिप शुरू गरेको थियो। २७ राज्यहरू र ७ केन्द्र शासित प्रदेशहरूबाट हजारौं आवेदनहरू इन्भेष्ट इन्डिया समूहले प्राप्त गरेका थियो जसमध्ये केवल ३७९ फेलोहरू चयन गरिएका थिए। वेस्ट टु वेल्थ मिसन प्रधानमन्त्रीको विज्ञान, प्रविधि र आविष्कार सल्लाहकार परिषद्को नौ राष्ट्रिय मिशनहरू मध्ये एक हो। उक्त कार्यक्रममा माखा सरकारी उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक लोमस ढुङ्गेलले सिक्किम राज्यको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए। उनलाई वर्ष २०२१-२२ को निम्ति स्वच्छ सारथी फेलोशीप पुरस्कारले सम्मानित गरियो। उनले सामाजिक पर्यावरण योजना हरियो माखा भनेर वर्ष २०१५ देखि शुरू गरेका थिए। पुरस्कृत ढुङ्गेलले सिक्किम प्रदुषण नियन्त्रण बोर्ड, शिक्षा विभाग र विद्यार्थीवर्गलाई सहयोग गरेकोमा धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *