हाम्रो वार्ता टेलिभीजनले राज्यस्तरीय हाजिरी जवाब प्रतियोगिताको आयोजन गर्ने

IMG-20221001-WA0170.jpg

गान्तोक: हाम्रो वार्ता टेलिभिजनले आफ्नो दोस्रो स्थापना दिवसमा राज्यका युवाहरूलाई कुनै कार्यक्रममार्फत प्रोत्साहित गर्ने उद्देश्यले गत वर्षदेखि शुरु गरिएको अभियान अन्तर्गत यसपटक सरकारी उच्च्तर विद्यालयस्तरको हाजिरी जवाब प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त घोषणा आज हाम्रो वार्ता टेलिभिजनको पक्षबाट प्रमुख संरक्षक जेकब खालिङले पत्रकार सम्मेलनमार्फत गरे। हाम्रो वार्ता टेलिभिजन अनि २४ आवर्स इन्सपाइर्डको संयुक्त तत्वावधानमा आयोजना हुने यस हाजिरी जवाब प्रतियोगितालाई ब्रेन्स अफ् सिक्किम-को नाम दिइएको छ। राज्यका विद्यार्थीहरूलाई लिएर आयोजना गरिने यस प्रतियोगिता राष्ट्रिय स्तरको ढंगमा सम्पन्न हुने अनि राज्यका विद्यार्थीहरूलाई पनि राष्ट्रिय अनि अन्तरराष्ट्रिय मञ्चसम्म पुऱ्याउने लक्ष्य राखिएको खालिङले थप जानकारी गराए। सिक्किमका विद्यार्थीहरूलाई राष्ट्रियस्तरको प्रतियोगितासम्म पुर्‍याउनको निमित्त यो एउटा राम्रो मञ्च हुने उनले थप विश्वास व्यक्त गरेका छन्। विजेता टोलीलाई सिङ्गापुरको भ्रमण गराइनेछ भने प्रथम उप-विजेता टोलीलाई मुम्बई अथवा दिल्लीको भ्रमण अनि दोस्रो उप-विजेता टोलीलाई रु. ५० हजार नगद राशि प्रदान गरिने खालिङले घोषणा गरे।

प्रथम चरणको प्रतियोगिता अनलाइनमार्फत सम्पन्न हुनेछ भने प्रत्येक जिल्लाबाट छानिएका ६- ६ विद्यालयका टोलीमाझ क्वारटर फाइनल सम्पन्न हुनेछ। प्रत्येक जिल्लाको ३-३ वटा टोलीमाझ सेमिफाइनल गरिने छ। अन्तमा प्रत्येक जिल्लाबाट एक-एकवटा टोली फाइनलमा प्रवेश गर्नेछन्। प्रत्येक टोलीमा दुईजना विद्यार्थीले भाग लिनसक्नेछन्। यो प्रतियोगिताको फाइनल आगामी २८ नोभेम्बर हाम्रो वार्ता टेलिभिजनको दोस्रो स्थापना दिवसको अवसरमा सम्पन्न हुनेछ। क्वार्टर फाइनलदेखिको सम्पूर्ण एपिसोडहरू हाम्रो वार्ता टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिने छ। यो प्रतियोगिताको प्रीमिम्स आगामी २० अक्टोबरदेखि सम्पन्न हुनेछ भने १-४ नोभेम्बरमाझ क्वार्टर फाइनल अनि सेमिफाइनल सम्पन्न हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *