सिन्धू र प्रशिक्षक इरवानस्याह आदि प्रतामाको प्रशंसा गरिन् च्याम्पियन देविकाले

IMG-20260204-WA0074

नयाँ दिल्ली: थाईल्याण्ड मास्टर्स सुपर ३००-को खिताब जितेर इतिहास रच्ने युवा भारतीय ब्याडमिण्टन खेलाड़ी देविका सिहागले आफ्नो यस सफलताको श्रेय २ पल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूसँग लामो समयसम्म गरेको अभ्यास र प्रशिक्षक इरवानस्याह आदि प्रतामाको मार्गदर्शनलाई दिएकी छन्। हरियाणाकी यस २० वर्षीय खेलाड़ीले थाईल्याण्ड मास्टर्सको खिताब जितेर भारतीय ब्याडमिण्टनमा नयाँ अध्याय जोड़ेकी छन्। देविका साइना नेहवाल र सिन्धूपछि सुपर ३०० महिला एकल खिताब जित्ने देशकी तेस्रो महिला शट्लर हुन्। यस उपलब्धिले उनलाई भारतीय ब्याडमिण्टनको उदीयमान नक्षत्रहरूमा सामेल गरेको छ अनि अन्तर्राष्ट्रिय स्तरमा पनि उनको पहिचानलाई अझ मजबूत बनाएको छ। देविकाले एउटा साक्षात्कारमा सिन्धूसँग अभ्यास गर्नु उनको करियरको निम्ति फाइदाजनक रहेको बताएकी छन्। उनले भनिन्, सिन्धूको खेललाई नजिकबाट हेर्नुको साथै उनको अनुशासन र मेहनतबाट प्रेरणा लिएर मलाई धेरै फाइदा भयो। गत केही महिनामा सिन्धूसँग अभ्यास गरेर मेरो आत्मविश्वास बढ़्यो। यसरी देविकाले इण्डोनेशियाई प्रशिक्षक इरवानस्याह आदि प्रतामाको योगदानलाई पनि खास बताइन्। उनले भनिन्, अन्तर्राष्ट्रिय स्तरका अनुभवी प्रशिक्षकले मलाई शारीरिक अनि मानसिक रूपले तयार हुनको सहायता गरे। हरेक सेशनपछि रणनीति अनि सुधारमाथि उनीसँग भएको चर्चाले मलाई आफ्नो खेलमा सुधार ल्याउनमा सहायता पुग्यो। यसको साथमा देविकाले उनी लामो समयदेखि चाइनीज ताइपेकी पूर्व नम्बर एक खेलाड़ी ताई त्जु यिंग र सिन्धूको प्रशंसक रहेको पनि खुलासा गरिन्। यसको साथमा उनले एन से यंग, अकाने यामागुची र वांग झी जस्ता शीर्ष खेलाड़ीहरूका फिटनेस, गति र सकारात्मक खेल शैलीको पनि सराहना गरिन्। अहिले देविकाको लक्ष्य चाँड़ै विश्वका शीर्ष ३० खेलाड़ीहरूमा स्थान बनाउने रहेको छ। उनले भनिन्, सालको शुरुवात असल रह्यो अनि आउँदो टुर्नामेण्टहरूलाई लिएर उत्साहित छु।

About Author

Advertisement