भाजपा बंगाल सांसद प्रतिनिधि मण्डल काे राष्ट्रिय अध्यक्ष तथा पार्टीका वरिष्ठ नेताहरूसँग भेटघाट

FB_IMG_1770198032910

नयाँ दिल्ली: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले हिजो राज्य अध्यक्ष समिक भट्टाचार्यको नेतृत्वमा रहेको भाजपा बंगाल सांसद प्रतिनिधि मण्डलसँगै भाजपा राष्ट्रिय अध्यक्ष नितिन नबिन तथा पार्टीका वरिष्ठ नेताहरूसँग भेटघाट गर्न सहभागीता जनाए।
सांसद विष्टले सामाजिक संजालमा जनाए अनुसार भेटको क्रममा संगठनात्मक विषयहरू, हाल सञ्चालनमा रहेका जनसम्पर्क कार्यक्रमहरू तथा आउँदै गरेको पश्चिम बंगाल विधानसभा निर्वाचनको तयारीबारे विस्तृत छलफल गरिएको थियो।

साथै यस भेटघाटमा भाजपा पश्चिम बंगालका सबै लोकसभा तथा राज्यसभा सांसदहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement