सुम्निमा-पारुहाङ सार्वजनिक माङखिम समितिद्वारा सिटोङमा साकेला पालन

IMG-20260203-WA0205

खरसाङ: सुम्निमा-पारुहाङ सार्वजनिक माङखिम समितिद्वारा खरसाङ महकुमा अन्तर्गत लोवर सिटोङ एकमा साकेला चाढ पालन गरेको छ। कार्यक्रममा सिटोङ, घलेटार, माना, मामरिङ, थाम, लाटपञ्चर, मङ्पु, सालुगढा, जलपाइगुढी, नेपाल आदि स्थानका विशेष व्यक्तित्वहरूको बाग्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता समितिको सभापति सनमान लुगुनले गरेका थिए भने प्रमुख अतिथिको रुपमा उत्तम राई उपस्थित रहेका थिए।‌ त्यसरी नै विशिष्ट अतिथिहरूमा सरोज राई, विक्रम राई, रतन गुरुङ, सुशील सुब्बा, घनश्याम राई, वसन्त राई, उदय थुलुङ, निलेश राई, राजेश राई, गोबिन राई, सुनिल, बीरमान राई आदि विशेष व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रमको थालनीमा सबै अतिथिहरूलाई खदार्पण गरेपछि माङ्पाहरूद्वारा माङ्खिममा पूजाअर्चना गरेका थिए। त्यसपछि स्वागत भाषण सोमबहादुर राईद्वारा राखिएको थियो। कार्यक्रममा क्रमैले सिल्ली, लाक (नृत्य) प्रस्तुत गरेका थिए भने कार्यक्रममा रोहिनी राई, प्रणेश खाप्तुवा र वसन्त राईले किराँती खम्बुहरूको सिल्ली, संस्कार विधि, साँस्कृतिक पक्षमाथि सम्बोधन गरेका थिए।

कार्यक्रममा उत्तम राईलाई सम्वर्द्धना पत्र, सिल्लीकारहरूसहित सङ्घ-संस्थानका प्रतिनिधिहरू मायाको चिनो समितिको पक्षबाट प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा कार्यक्रम अध्यक्ष सनमान राईले साकेलाको महत्त्वसहित धन्यवाद सम्बोधन राखेका थिए। कार्यक्रम सञ्चालन नितेश राईले गरेका थिए।

About Author

Advertisement