घैयाबारी युनाइटेड र महानदी हाई स्कूल विजयी

IMG_20221001_200117.jpg

१ अक्टोबरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। गुम्ती खेल मैदानमा आज भएको पहिलो म्याचमा घैयाबारी युनाइटेडले जुदाह एफसी-लाई टाई ब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यसरी नै दोस्रो म्याचमा महानदी हाई स्कूलले शिविटार एफसी-लाई २-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १२ र १३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement