सिविटारमा नगदराशि फुटबल टुर्नामेन्ट शुरु

IMG_20221001_194657.jpg

उदघाटन खेलमा कफीबारी र बरबुङ खरसाङ बिजय

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको सिविटार चियाबारीको तितिरी खेल मैदानमा आजदेखि फुटबल टुर्नामेन्ट शुरु भएको छ। सिविटार युवाहरूद्वारा आयोजित उक्त फुटबल टुर्नामेन्टको उदघाटन खेल शनिवार सम्पन्न भएको छ। उदघाटन खेलको पहिलो खेल खरसाङको कफिबारी बनाम सिविटारको शिवखोला जुनियरमाझ सम्पन्न भएको छ। उक्त खेलको पहिलो हाफमट गोलरहित समाप्त भएको थियो भने दोस्रो हाफमा पहिलो गोल कफिबारीले गरेको थियो भने यसको लगत्तै शिवखोलाले पनि गोल गरेर खेल बराबरीमा ल्याएको थियो। यस खेलको निर्धारित समयमा एक एक गोलमा बराबरी भएपछि अतिरिक्त समयको लागि खेल खेलाइएको थियो भने अतिरिक्त समयको खेलमा पनि बराबर भएपछि पेनल्टी शुट आउटमा परिणाम प्राप्त भएको छ। उक्त पेनल्टीमा कफीबारी बिजय बनेको छ। उदघाटन दिनको दोस्रो खेल गुम्बाडाँड़ा सिविटार र बरबुङ खरसाङमाझ सम्पन्न भएको छ। उक्त खेलमा बरबुङले ७-० को अन्तरले गुम्बाडाँड़ालाई पराजित गरेको छ। सिविटार चियाबारीको तितिरी खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा जम्मा ४८ वटा टिमहरू आएको र अब अर्को खेल आगामी ३ अक्टोबरको दिन हुने जानकारी आयोजक समितिको पक्षबाट सन्दीप राईले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *