नव जागरण च्यालेञ्ज ट्रफीः पीवाईएससी पंखाबारी र मिरिक भिक्ट्री एफसी प्री-क्वार्टर फाइनलमा

IMG-20221001-WA0152.jpg

१ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको पहिलो दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा पीवाईएससी पंखाबारीले फ्रेण्ड्स क्लब, बुङकुलुंगलाई ४-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा मिरिक भिक्ट्री एफसी-ले युनाइटेड मकैबारी एफसी-लाई ३-१-ले पराजित गऱ्यो। अब आइतवार खेलिने पहिलो म्याचमा मिलिकथोंग र नयाँ कमीनबीच भिड़न्त हुनेछ।

यसरी नै दोस्रो म्याच दखली एफसी र अनिकेत स्पोर्टिंग क्लबबीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *