नाम्ची: आज नाम्ची बीएसीअन्तर्गत तिङ्ग्रीथाङ ग्राम पञ्चायत एकाईले जीपीके भवनमा वार्षिक ग्राम सभा आयोजना गरेको छ। पञ्चायत अध्यक्ष पिटर लेप्चाको अध्यक्षतामा सम्पन्न यस ग्राम सभामा आर्थिक वर्ष २०२६-२७ का लागि ग्राम पञ्चायत विकास योजना र श्रम बजेट अनुमोदन गरिएको छ।
यस अवसरमा जल जीवन मिशनअन्तर्गत “जल अर्पण दिवस” पनि मनाइयो, जहाँ नाम्चीका बीडीओद्वारा जल संरक्षणसम्बन्धी प्रतिज्ञा गराइयो। कार्यक्रमको उद्देश्य गाउँको खानेपानी प्रणालीको दीर्घकालीन दिगोपन सुनिश्चित गर्नु रहेको थियो।
ग्राम सभा अघि “जल बन्धन” कार्यक्रमअन्तर्गत पानी ट्याङ्कीमा डोरी बाँध्ने कार्यक्रमसमेत सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला पञ्चायतका विशिष्ट व्यक्तिहरू, स्मार्ट सिटी ओएसडी छिरिङ डेम भोटिया, बीडीओ उपेन्द्र राई, एडीओ निकम तामाङ लगायतका उपस्थित थिए।









