नयाँ दिल्ली: अक्टोबर १ अर्थात शनिबार स्वच्छ भारत अभियानअन्तर्गत स्वच्छता रैंकिंग घोषणा गरियो। इन्दौरले छैटौं पटक पहिलो स्थान हासिल गरेको छ। अर्कोतर्फ ठूला राज्यहरूमा मध्य प्रदेशलाई पहिलो स्थान दिइएको छ। साना राज्यहरूमा त्रिपुरा पहिलो स्थानमा छ। सबै विजेताहरूलाई बधाई दिँदै राष्ट्रपति द्रौपदी मुर्मुले इन्दौर मोडेललाई देशभर लागू गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।