खरसाङ: सभासद श्याम शेर्पाको पहल साथै अखिल भारतीय विद्यार्थी महासंघकाे सदस्यहरुद्वारा माध्यमिक परीक्षा दिने विद्यार्थीहरुलाई मिठाई र कलम दिएर शुभकामना व्यक्त गरेका छन्। उक्त टोलीमा विशेष रुपमा सभासद श्याम शेर्पा,विद्यार्थी महासंघको उप सभापति प्रशान्त शर्मा, खरसाङ महाविद्यालय को -अर्डिनेटर हिमाल खवास, अध्यक्ष आयुष छेत्री खरसाङ्ग महाविध्यालय , संस्कार छेत्री, अध्यक्ष पोलिटेक्नीक कलेज र अन्य प्रतिनिधिहरु साथै डेविस छेत्री, दयाराम शर्मा, देवाशिस जोशी पनि उपस्थित रहेका थिए। पश्चिम बंगालमा माध्यमिक परीक्षा आजबाट शुरु भएको छ। यस परीक्षामा राज्यभरि लगभग ९.८५ लाख विद्यार्थीहरू सहभागी हुँदै छन्, जसमा खरसाङका परीक्षा केन्द्रहरूमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू देखिएका छन्। यो परीक्षा आगामी १२ फरवरीसम्म चल्ने भएको छ। परीक्षाको पहिलो दिनलाई विशेष बनाउन २८ नम्बर चिम्नी-देउराली समष्टिका सभासद श्याम शेर्पाले एक कलम र चकलेट वितरण वितरण गरेर परीक्षा दिने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका छन्। सभासद श्याम शेर्पाले माध्यमिक परीक्षा दिने विद्यार्थीहरुलाई खरसाङका विभिन्न विद्यालयहरूमा पुगेर कलम र चकलेट वितरण गरेका छन्। यस क्रममा उनले खरसाङका विद्यालयहरज क्रमैले पुष्परानी, स्कट्स मिशन, रामकृष्ण, सन्त अल्फन्सेस, सन्त जोसेफ र आदर्श विद्यालयहरूका विद्यार्थीहरूलाई वितरण गरेका छन्।









