सालबारी: वृन्दावन वेलफेयर सोसाइटी सालबारीको आयोजनामा सर सफाई कार्यक्रम सम्पन्न गरिएको छ। २०२१ मा ४९ वटा घरहरु मिलाएर स्थापना गरिएको वृन्दावन वेलफेयर सोसाइटीको आयोजनामा १०० जना सदस्य सदस्याहरु मिलेर सर सफाईको कार्य सम्पन्न गरिएको छ। वृन्दावन वेलफेयर सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ। यसै क्रममा आईतवार सालबारी बजारदेखि मेथीबारी पेट्रोल पम्पसम्म सर सफाई गरिएको वृन्दावन वेलफेयर सोसाइटीको सल्लाहकार निर्मल गुरुङले जानकारी गराएका छन्।

उनले बताए अनुसार यस सर सफाई कार्यमा वृन्दावन वेलफेयर सोसाइटीको ४ वर्षका नानीहरुदेखि ८०-८५ वर्षसम्मका वृद्ध वृद्धाहरु पनि उपस्थित भएर सर सफाई कार्य गरेका थिए। विशेष गरेर सर सफाई विषयमा सचेतना फैलाउन उक्त कार्य सम्पन्न गरिएको पनि उनले बताएका छन्।








