युथ फ्रण्ट सुपर लीगः एटीके मोहन बगान फाइनलमा

IMG_20221001_150413.jpg

१ अक्टोबरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा एटीके मोहन बगानले फाइनलमा स्थान बनायो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टमा शुक्रवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा एटीके मोहन बगानले चेन्नईयन एफसी-लाई २-०-ले पराजित गऱ्यो। म्याचमा दुवै गोल गर्ने विजेता टीमका याबेश मुर्मुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने दोस्रो सेमिफाइनलमा मुम्बई सिटी एफसी र एससी ईष्ट बेंगलबीच भिड़न्त हुनेछ।

आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। फाइनल ३ अक्टोबरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement