सिटोङको लोवर तोरयोकमा हाम्रो पार्टीको बुथ स्तरीय कमिटी गठन

60c02fd9-149d-4c5a-8317-6594bdc8a268

खरसाङ  : खससाङ महकुमा अन्तर्गत सिटोङ-लाटपञ्जार समष्टी अन्तर्गत लोवर तोरयोकमा हाम्रो पार्टीको बुथ कमिटी गठन गरिएको छ। यस कार्यक्रममा लाठ-सिटोङ हाम्रो पार्टीको को-अर्डिनेटर प्रताप मंगर लगायत प्रतिनिधिहरू तिमोथी मुखिया, अमित मुखिया अनि एडी खवास उपस्थित थिए।

यस बुथ कमिटीका पदाधिकारीहरूमा सभापति तम्बर लेप्चा, उप सभापति अशोक मुखिया, सचिव छत्र बहादुर मुखिया, सह सचिव पेमा लेप्चा, सल्लाहकार मंगल लेप्चा आदि चयन गरिएको छ।  यस गाउँमा पार्टी अध्यक्ष अजय एडवर्डले १२० बोरा सिमेन्ट पनि पठाइ दिएका छन्‌। यस सहयोगको लागि सम्पूर्ण गाउँलेको पक्षमा बुथ सभापति तम्बर लेप्चाले पार्टी अध्यक्षलाई धन्यवाद पनि दिएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement